काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोर मैला नउठाउने कर्मचारीहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। मेयर शाक्यले फोहोर उठाउने कर्मचारीहरूले सहमति विपरित फेरि काम अवरूद्ध पार्न सुरू गरेको उल्लेख गर्दै उनीहरूमाथि कडा कारबाही गर्ने बताएका हुन्।

बुधबार काठमाडौंमा आयोजित ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’मा बोल्दै उनले फोहोर उठाउने अभियानमा साथ दिन नेपाल प्रहरीलाई पनि आग्रह गरे। फोहोर उठाउने कर्मचारीहरूले फोहोर व्यवस्थापन नगरेर खाली दुःख मात्रै दिने गरेकोमा मेयर शाक्यको आपत्ति छ।

मेयर शाक्यले काठमाडौं महानगरपालिकालाई स्वच्छ र सफा बनाउने अभियानमा साथ दिन पनि सबैलाई आह्वान गरे। सबैको सामूहिक प्रयासबाट मात्रै महानगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउने सकिने मेयर शाक्यको भनाइ छ।

(सेतोपाटी)