शनिवारीय बिशेषमा "आक्रोश पोख्दै नगरवासी "

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Shrawn 19

शनिवारीय बिशेष
सडकमा आक्रोश पोख्दै स्थानिय ,दुख पाउनेको नि हद हुन्छ।
बर्षा याममा सडक निर्माणका कुनै कार्य नहुने जानकारी गराएता पनि ठेकेदारले डोजर लगाए पछी उक्त भेट्घाट चोक सडक खण्ड झनै बिग्रिएर हिलाम्य भएको छ । उक्त सडक खण्ड बूढानिलकण्ठ नगरपालिका , टोखा नगरपालिका ५ र काठमाडौं महानगरपालिका ३ को सँगम स्थल पनि हो ।समयमा नै उक्त सडक खण्ड नबन्दा स्थानियको दैनिकी कार्यमा कठिनाई भएको स्थानिय बताउछन ।

सामाजिक संजालमा स्थानिय उक्त बाटो बारे यसो भन्छन--
बेला न बखत बाटो बनाउने निहुँमा डोजरले बाटो झनै बिगारेर छोडे पछि बाटो नै बन्द..लू जा त...अनि वारी बाट पारी तर्न टीन र ढुड़गाले अस्थाई पूल बनाउदै..सरकार..अति भो अब त...अचानक बिरामी हुँदा हस्पीटल सम्म कसरी पुग्ने...?

"बिध्या सुन्दरको सुन्दर महानगर"

"तेत्रो बजेट आउँछ त होउ स्थानीय सरकार कम्ती मा बाटो त बनाउ न कि तेयो पनि केपिले नै बनाइ दिनु पर्ने आफ्नो गाउँ आफै बनाउ नारा को त पालन गरौ नत्र के कम्निस्ट को सरकार होउ यस्तो हिलो र धुलो त काङ्ग्रेस को सरकार हुँदा नि हिड्यो नि "।

"हाम्रो सरकार को आखानै छैन नत्रत देखिहाल्थ्योनि" ।
photos by Rameh Shrestha

[[IMAGE_ALT]] [[IMAGE_ALT]]