प्रत्येक दिन म चपाउँछु

दुईछाक जिन्दगी

रात चिन्ता ओडेर सुत्छ

सुनौलो बिहानीको

मीठो नमीठो स्वादमा

निल्छु एक सिंगो सूर्य

टुक्राटुक्रामा भाँचेर जोडेर

अठ्याउँछु

एक खाक जिन्दगी

प्रत्येक बिहान मिर्मिरेमा

सुसाउँदै

निस्केर ,थाक्छ गोधुँलीमा

अस्ताउने सूर्यको प्रतिबिम्बमा

सक्छु यो राग जिन्दगी कहिले चपाउँछु

उधिनेर स्मृति कहिले बनाउँछु

संगालेर कहानी मेटाउँछु

तिर्खा भन्दै खोलो धाउँछु

आफैँ नजिक नभएको चन्द्रमाको

जस्तै सुन्दर

तर

यो दाग जिन्दगी चपाउँदै छु दुईछाक जिन्दगी l

-बद्रीप्रसाद ढकाल