नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले वैदेशिक रोजगारीमा हुने गरेका अवैधानिक क्रियाकलाप बन्द गरिने बताएका छन् ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईको वार्षिक भेलामा बोल्दै शुक्रबार उनले वैदेशिक रोजगारका सेटिङ अब अन्त्य हुने बताएका हुन् ।

गतल गर्नेहरू अब सच्चिनुपर्ने भन्दै उनले परदेशमा भएका नेपालीले देशको शिर निहुराउने आपराधिक क्रियाकलापमा नलाग्न अनुरोध पनि गरे । एनआरएनले परदेशमा नेपालको प्रतिष्ठा बढाएको र रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा सहयोग गरेको धारणासमेत व्यक्त गरे ।इन्टरपोलको ८७औँ महासभामा भाग लिन युएई आएका वेला उनी एनआरएनको कार्यक्रममा सहभागी भएका हुन् । उनले भने, ‘नेपाल सरकारले अहिले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को भावनालाई पूरा गर्न परदेशमा रहेका नेपालीको सीप क्षमताको आवश्यकता छ। 

देशमा लगानीको वातावरण रहेको छ । लगानीका सुरक्षाका लागि सरकारले ठोस कदम चालेको छ।कार्यक्रममा उनीसँगै सिआइबीका निर्देशक डीआइजी नीरज शाही, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी,एसपी देउती गुरुङको पनि सहभागिता थियो।