प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सौराहामा प्रहरी गस्तिका लागि ७ वटा मोटरसाइकल, १० वटा रेडियो सञ्चार सेट र एउटा बेस सेट प्रहरीलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा बोल्दै आईजीपी खनालले सौराहाको निर्वाध पर्यटकीय गतिविधी र सुरक्षाका लागि ५ दरवन्दी थप्ने पनि बताए । सौराहा देशकै पर्यटकीय केन्द्र भएकाले यसको सुरक्षाका लागि नेपाल प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने बताए।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै आईजीपी खनालले रातको समयमा अरुलाई डिस्टर्ब हुनेगरी रेष्टुरेन्ट तथा क्लवहरुमा अमर्यादित गतिविधि गर्न नपाईने पनि उल्लेख गरे । पर्यटकीय क्षेत्रमा कार्यक्रमको प्रकृति हेरेर समय उपलब्ध गराउन सकिने भन्दै उनले अभद्र र अनैतिक गतिविधि सञ्चालन हुन नदिने बताए ।

पर्यटन व्यवसायीहरुलाई सुझाव दिँदै आईजीपी खनालले भने–‘अभद्र, अशिष्ट र छाडा कामले नेपालकै इज्जतमा धक्का लाग्ने भएकाले देशको इज्जत उचो हुनेगरी पर्यटन व्यवसाय चलाउनुस्