चीन र भारतका नेतागणको रणनीतिक निर्देशनमा दुई देशको सम्बन्धमा चौतर्फी रूपमा सुधार देखिएको र व्यावहारिक सहयोग तिव्रगति विकासमा प्रवेश गरेको छ। वर्तमान पृष्ठभूमिमा चीनले अन्तर्राष्ट्रिय मामिलामा भारतसँगको घनिष्ट सहयोगलाई सबल पारेर दुई देश र विकासोन्मुख मुलुकको उचित अधिकार र फाइदाको साझा सुरक्षा गर्ने इच्छा राखेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले हिजो जनवरी 3 तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

विश्वव्यापी रुपमा अनिश्चितता छाएको अवस्थामा भारत र चीनको सम्बन्ध स्थिर भएको र दुई देशले मतभेदलाई चर्काउन नहुने कुरा हाल भारतीय विदेश राज्यमन्त्री विकी सिंहले बताउनुभयो। त्यसप्रति गत अप्रिल महिनामा राष्ट्राध्यक्ष सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द मोदीले उहान शहरमा वार्ता गर्दा दुई देशको सम्बन्धका लागि विकसित दिशा स्पष्ट पार्नुभएको प्रवक्ता लु खाङले चर्चा गर्नुभएको छ। चीन र भारतबीच स्वस्थ र स्थिर सम्बन्ध दुई देश र जनाताको हितसँग मिल्नुका साथै विश्व शान्ति तथा विकास कार्यका लागि पनि सहयोगी भएको छ।

(CRI)