बुढानीलकण्ठ क्षेत्र विकास समितीका अध्यक्ष जयराम थापा आज अपराहन्न बाँसबारी स्थित न्युरो आस्पताल भर्ना भएका छन । थापा बूढानीलकण्ठको समग्र विकास एबं बुढानीलकण्ठलाई अध्यात्मिक क्षेत्र बनाउने र पर्यटकिय गन्तब्य बनाउने अभियानमा संलग्न रहेका छन । अचानक उच रक्तचाप् भए पश्चात गंगालाल अस्पताल लगिएकोमा गंगालाल बाट थापालाई न्युरो अस्पताल रिफर गरिएको हो । हाल थापाको स्वस्थ स्तिथि सामान्य रहेको र केहि दिनमै अस्पताल बाट डिस्चार्ज गरिने परिबार श्रोतले जानकारी गराएको छ । थापाको पहलमा बुढानीलकण्ठ एक परिचय नामक पुस्तक माननीय उप-प्रधान तथा रक्षा मन्त्रि इश्वोर पोखरेलले गत हप्ता बिमोचन गरेका थिए ।