हिमालमा पियानो कन्सर्ट
लण्डनकी पियानोवादक इभलाई सन् १९९५ मा औंलाको जोर्नी सुन्निने रोग लागेको थियो। रोगलागेपछि  डाक्टरका अनुसार उनले सामान्य रुपमा पियानो बजाउन नसक्ने भनेका थिए ।त्यहि पनि उनले हरेक दिन १२ घण्टासम्मको उपचार तालिम लिएकी छिन्। उपचारबाट हालसम्म करिब ७० प्रतिशत लाभ मिलेको छ। आफ्नो पियानो मोह त्याग्न नसकेकी इभ लेना द लानले हिमालमा आफ्नो कन्सर्ट गरेकी थिइन्  l ४१ वर्षीया पियानोवादक इभ लेना द लानले हालै हिमालमा अर्थात् समुद्री सतहदेखि पाँच हजार मिटरको उचाइमा आफ्नो शास्त्रीय सङ्गीत कन्सर्टको आयोजना गरेकी छिन्।