घटनाको छोटकरी विवरण :-
मिति २०७५।०८।११ गते बेलुका १८:०० बजे का.जि.का.म.न.पा.वडा नं. २६ बिरेन्द्र ऐश्वर्य मार्ग स्थित स्वस्तिका त्रिवेणी गेष्ट हाउसका संचालक प्रविण कुँवरको छोरा वर्ष ८ को प्रयास कुँवरलाई अपहरण गरी का.जि.नागार्जुन जंगलमा लगी हत्या गरी फरार रहेका अपहरणकारीलाई यस अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले मिति २०७५।०८।१३ गते १३:०० बजेको समयमा का.जि.गंगबुबाट पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको ।

व्यक्तिको विवरण:- 
१. नाम   :- महेन्द्र ऐस.के. 
उमेर   :- २२ बर्ष 
ठेगाना :- जि.स्याङ्जा, भिरकोट न.पा.वडा नं. ७
हाल :- का.जि.का.म.न.पा.वडा नं.२६ मित्रनगर
पेशा :- स्वस्तिका त्रिवेणी गेष्ट हाउसका सवारी चालक

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका तथ्यहरू :
 अनुसन्धानका क्रममा पक्राउ परेका महेन्द्र ऐस.के. विगत १ महिना देखि स्वस्तिका त्रिवेणी गेष्ट हाउसमा सवारी चालकको रूपमा काम गर्दै आएको ।
 बालकको बुबा प्रविण कुँवर संग केही दिन देखि जागिर तथा तलबको वारेमा विवाद हुदै आएकोले आवेशमा आई अपहरण पश्चात:हत्या गरेको । 
 मिति २०७५।०८।११ गते १८:०० बजे बालकको परिवारका सदस्य नभएको मौका छोपी अपहरणकारीले बालकलाई स्वस्तिका त्रिवेणी गेष्ट हाउसबाट चकलेट खान दिई फकाई होटलकै गाडीमा राखी अपहरण गरी लगेको ।
 बालकलाई गाडिमै राखि मित्रनगर स्थित D.R. Fancy Store र नजिकैको अर्को कपडा पसलबाट प्लाष्टिकको २ वटा जेब्रा झोला किनी लगेको ।
 सोही दिन बेलुका १८:४५ बजे का.जि.नागार्जुन जंगलमा लगि गाडी भित्रनै बालकको नाकमुख तथा घाटी थिची हत्या गरी शवलाई किनी लगेको प्लाष्टिकको जेब्रा झोलामा प्याक गरी का.जि.म्हेपी स्थित सामाखुसी खोलामा फ्याकेको ।
 बालकको शव फ्याके पश्चात: गाडी लिई होटल फर्की मृतक बालकको बुबालाई भेटी बालक खोजतलास गर्न सहयोग समेत गरेको ।
 अनुसन्धानका क्रममा निजलाई पक्राउ गरी अनुसन्धान कार्य जारी राखिएको, निजले अपहरण पश्चात: हत्या गरेको स्वीकार गरेको ।

मिति २०७५।०८।१३ गते

(महानगरिय अपराध महाशाखा  )