जित मनोबिज्ञानमा आधारित रहेर नक्साल बक्सिङ क्लबको आयोजनामा एक दिने बिशेष मेन्टल पर्फमेम्स कोचिङ्ग सेमिनार आज सम्पन्न भएको छ। उक्त कार्यक्रममा बक्सिङका रास्ट्रीय खेलाडीहरु २०जना सहभागी भएका थिए।निउरो साइकोलोजिस्ट ,हिलिङ्ग थेरापी र फाएर वाकका बिशेषज्ञ श्री इन्द्र गुरुङ्को प्रमुख वक्ताको रूपमा रहनु भएको सो कार्यक्रममा जितको धारण र जिबनकै प्रोग्रामिङ्ग समेत उहाले अर्थाउनु भएको थियो। थेउरिकल तथा प्राक्टिकल रुपमा समेत प्रदर्शन गर्नु भएको सो कार्यक्रममा स्पोर्ट्स साकोलोजिस्टले पार्ने प्रभाव बारे सरल ढङ्गमा प्रस्तुत गर्नु भएको थियो।

उहाले नेपाली खेलाडीहरुले ओलम्पिक र बिश्वप्रतियोगिता जस्ता ठुला प्रतियोगितामा सहजै जित्न सक्ने सकारात्मक सोचको बारेमा बताउनु भयो। खेलकुद मनोबैज्ञानिक इन्द्र गुरुङले यस अगि मित्र रास्ट्र भारतमा १२औ साग गेम्समा फुट्बल खेलाडिहरुले सुनौलो लाभ लिएको र सो गर्बको क्षण रहेको कुरा बताउनु भएको भयो। खेलाडी जिबनमा कति स्वर्ण जित्ने भन्ने खेलाडीसँग सोधिएको प्रश्नले सहभागी खेलाडीलाई थप जिम्मेवार बनाएको खेलाडीहरुले बताए ।सो कार्यक्रमको समायोजन खेलकुदकर्मी डिएन घिसिङले गर्नुभएको थियोे ।सोही अबसरम क्लबमा प्रमुख प्रशिक्षक रमेश दास श्रेष्ठको उपस्थिती रहेको थियो ।