चैत १४ गते हुने एन्फा निर्बाचनमा मणि कुँवर र कर्मा छिरिंग शेर्पा भिड्दै

[[IMG_ALT]]

b s g news | Sports | Falgun 5

चैत १४ गते हुने एन्फा निर्बाचन अहिले खेल जगत भित्र बहसको बिषय बनेको छ । फुटबल गतिबिधि बाट गणेस थापाको बहिर्गमन पछी पनि गणेस थापा एन्फामा सक्रिय रहेको बिभिन्न संचार माध्यमले दाबी गर्दै आएका थिए फल स्वरूप एन्फाको बिशेष साधारण सभा बाट भएको चुनाबमा नरेन्द्र श्रेष्ठ बिजयी भएका थिए । १५ महिना अघि तत्कालिन अध्यक्ष गणेश थापामाथि फिफाले १० वर्षको प्रतिबन्ध लगाएपछि भएको एन्फा चुनाबमा अध्यक्ष् पदको लागी नरेन्द्र श्रेष्ठ र कर्मा छिरिंग शेर्पा भिडेका थिए उक्त चुनाबमा शेर्पा झिनो मतान्तरले पारजित रहेकोमा अहिले शेर्पाको खेमा बलियो देखिएको छ ।

१५ महिना अगाडी भएको चुनाबमा श्रेष्ठ र कुँवरको पक्षमा रहेका इन्द्रमान तुलाधार, तत्कालिन एन्फाका मानार्थ अध्यक्ष टासी घले, पूर्व राष्ट्रिय खेलाडी विज्ञानराज शर्मा कृष्ण थापा लगायतले यसपटक शर्पालाई समर्थन गरेका छन्।

२०७० मा भएको एन्फा निर्वाचनपछि कर्मा छिरिंग शेर्पाले फुटबललाई भ्रष्टाचारमुक्त बनाउनु पर्छ भन्दै तत्कालिन अध्यक्ष गणेश थापा र एन्फाविरुद्ध अभियानको चलाएका थिए। त्यसपछि परिवर्तनको नारा दिँदै उनी चुनावी मैदानमा होमिएका हुन्।

फिफाले भ्रष्टाचारमा संलग्न भएको भन्दै थापालाई १० वर्षको प्रतिबन्ध र झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेपछि २० वर्ष एन्फाको नेतृत्व गरेका थापाका लागि एन्फाकाे ढाेका बन्द भएकाे थियो। कुँवर गणेश थापाका सालाे हुन्। अदृश्य रुपमा थापाले कुँवरलाइ सहयोग रहँदै आएको भन्ने आरोप लगाइन्छ।एन्फामा निर्वाचन ४५ जिल्लालाई हरेक जिल्लाबाट १ जना, १४ ए डिभिजन क्लबबाट समान १ , बी डिभिजनमध्ये बाट ९, सी डिभिजनमध्ये बाट ५ जना तथा ४ समिति (खेलाडी, प्रशिक्षक, महिला र रेफ्री) समितिका समान १ गरि ७७ जनाले मतदात गर्न पाउनेछन्।