अखिल नेपाल फुटबल संघको आयोजनामा संचालन भई रहेको शहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको खेल समाप्त हुँदा हिमालयन शेर्पा क्लबले आफ्नो अपराजित यात्रा कायम राख्दै तेश्रो स्थानमा आफुलाई उकालेको छ ।

बुधबार भएको खेलमा शेर्पाले मछिन्द्र क्लबलाई २-० ले पराजित गर्यो ।

शेर्पाका लागि आशिष गुरुङले २१अाैं मिनेटमा अग्रता दिलाएका थिए । कर्नरमा अाशिषले हेडरमार्फत गाेल गरेका थिए । त्यसअघि १७ अाैं मिनेटमा मच्छिन्द्रका अलवा एडिमाेलाले वा भर्सेस वनमा गाेल गर्न सकेनन् । उनको प्रहारलाई शेर्पाका गाेलरक्षक किशाेर गिरीले उत्कृष्ट  बचाउ गरेका थिए ।

शेर्पाले अग्रता लिएको दोस्रो मिनेटमै अग्रता दोब्बर पार्ने अवसर गुमायो । विश्वास श्रेष्ठकाे पासमा कर्ण लिम्बूकाे प्रहार दाेस्राे बारबाट थोरै बाहिरिएको थियो । २७अाैं मिनेटमा नै कर्णकाे फितलाे प्रहार गोलको दिशा लिन सकेन । पहिलो हाफमा शेर्पा १-० ले अगाडी रहेको थियो ।

दोस्रो हाफको सुरुवातमै मछिन्द्रले बराबरी गर्ने अवसर पायो । ५४ औं मिनेटमा खामिर गिल्सनले अजित गुरुङको पासमा गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइड दिंदै मान्यता दिएनन् । शेर्पाका लागि ७४ अाैं मिनेटमा गाेहाकाे प्रहारले पोस्टको दिशा लिन सकेन । ७३ औं मिनेटमा अलरीच सिवेको पासमा गाेहाकाे हेडर फेरी बाहिर गयो ।

८२ अाैं मिनेटमा विसन गुरुङकाे क्रस पासमा निरज बस्नेतकाे हेडर पनि पोस्टभन्दा थोरै बाहिर गएको थियो । अन्तत: ८९ औं मिनेटमा कर्ण लिम्बूले गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । कर्णले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा फ्लिक हेडरमार्फत गोल गर्दै जारी लिगको व्यक्तिगत तेस्रो गोल गरे ।शेर्पाले ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक जोडेको छ । पराजित मछिन्द्र भने ४ खेलमा २ बराबरी र २ हारसँगै २ अंक जोडेको छ । लिगको शीर्ष स्थानमा रहेको मनाङको १२ अंक छ भने आर्मी शेर्पा समान १० अंक जोड्दै गोलअन्तरको आधारमा  तेस्रो स्थानमा छ ।