महिला दिवसको अवसरमा नाटक

[[IMG_ALT]]

b s g news | National News | Falgun 23

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरुको एकल नाट्य प्रस्तुति अन्तर्गत राष्ट्रिय महिला रंग उत्सव आरोहण गुरुकुल विराटनगरमा शुरु भएको छ । सोमबारबाट सुरु गरिएको नाटक आरोहण गुरुकुल विराटनगरको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानले आयोजना गरेको हो ।
तीन दिनसम्म चल्ने उक्त महोत्सवको उद्घाटन नं १ प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले गरे । सांस्कृतिक विविधता युक्त प्रदेश नं १ मा महिलाहरुको मात्र सहभागिता रहेको राष्ट्रिय नाट्य महोत्सव आयोजना हुनुले यहाँको रंगमञ्चमा विशेष योगदान पुग्ने मन्त्री कार्कीले बताए ।
स्थानीय सह–आयोजक संस्थादहेज मुक्तमिथिला र मैथिलि सेवा समितिकापदाधिकारी लगायत मैथिलिभाषीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको विशेष अथितिका रुपमा १ नं प्रदेश सरकारका सामाजिकविकासमन्त्रीजीवन घिमिर,े प्रदेश सभा सदस्ययशोदा अधिकारी, प्रदेश सभा सदस्य सावित्रा रेग्मी , प्रा.डा टंक निरौला, समाजसेवी दिर्घराज रेग्मीलगायत विशिष्टव्यक्तिहरुको उपस्थिति रहेको थियो ।