फोहर संकलन कर्ताले नै फोहर गरे पछि स्थानीय आक्रोशित

[[IMG_ALT]]

b s g news | Nagar News | Baishak 29

तस्बिरमा देखिएको दृश्य बुढानिलकण्ठ नगरपालिका वडा न ३ चपलिको हो | बढ्दो सहरीकरण र जनसंख्या संगै फोहरमैलाको ब्यबस्थापन पनि अहिलेको समयको एउटा चुनौती हो | बुढानिलकण्ठ नगरपालिकाभित्र फोहरमैला संकलन गर्ने संस्था मध्य ई.सी.आई नामक संस्थाले तस्बिरमा देखिएको स्थानलाई आफ्नो फोहर संकलनको गन्तब्य बिन्दु बनाएको स्थानीय समल देब नकर्मी लेखछन् | फोहर संकलन गर्ने संस्थाले नै फोहर गर्न थाले पछि स्थानीयहरूले सामाजिक संजाल मार्फत आक्रोश ब्यक्त गरेका छन् |

बुढानिलकण्ठ नगरपालिका वडा न ३ र ५ को सिमानामा समेत ई.सी. आई ले आफ्नो फोहर थुपार्ने गरेको स्थानीय संजय ठकुरी बताउछन पटक पटक उक्त स्थानमा फोहर जम्मा नगर्न आग्रह गर्दा समेत अरुले राति आएर फोहर त्यहाँ फाल्ने र आफुले त्यो फोहर संकलन गर्ने गरेको दाबी ई.सी.आई का प्रतिनिधिहरुले बताउने गरेको ठकुरी बताउछन |