संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन प्रारुप सन्धिको सचिवालयले हिजो डिसेम्बर छ तारिख कातोवाइस जलवायु परिवर्तन सभामा नयाँ प्रतिवेदन सार्वजनिक गरी सन् 2020 अघि विकसित मुलुकले जलवायु कार्वाहीको कार्यान्वयनको प्रकृया र अन्तरालका बारेमा जानकारी दिएको छ।

प्रतिवेदनका अनुसार, सन् 1990 देखि सन् 2016 सम्म विकसित मुलुकको हरितगृह ग्यास उत्सर्जन मात्रा तेह्र प्रतिशत घटेको र विकसित मुलुकको सम्बन्धित कदम पनि बढेको छ। पेरिस सम्झौताका अनुसार, यो सन् 2020 पछि जलवायु कार्वाही बढाउने महत्वपूर्ण आधार हो। 

केही विकसित मुलुकले आफ्नो बचनभन्दा बढी कार्वाही गरेका छन् भने केही विकसित मुलुकले कम गरेका छन् भन्ने कुरा पनि प्रतिवेदनले उल्लेख गरेको छ।