तिमी सँग के छ र त्यस्तो मैले मरी मेट्नु 
समय खेर फाली फाली तिमीलाई  भेट्नु 
यौवनलाई सम्हाल घमण्डले होईन 
जिवन बुझ्ने कोशीस गर फेरी पाइदैन 
गाली हैन मेरो यो सुझाव तिमीलाई 
गहिराई थाहै नपाई पौडी खेल्ने लाई 
सबैको जिन्दगीले एकदिन कीनार भेट्छ 
अनी मात्र मानिसले जिवन के हो बुझ्छ 
लहै लहै लहडमा जिवन नढाल 
चैते हुरी आउँछ जान्छ मन सम्हाल
- रघुनाथ पण्डित, बूढानिलकण्ठ