चैत २९, काठमाडौं।  बूढानीलकण्ठ नगरपालिका १३ नं वडाका युवा सरोज श्रेष्ठले संकलन गरेका नेपाली पुराना मुद्रा र विदेशी मुद्राको प्रदर्शनी अभियानलाई निरन्तरता दिदैँ सुक्रबार बू.न.पा. १३ चुनिखेल स्थित "नवपुर चिल्ड्रेन होम" सकुलमा प्रदर्शनी गरेको छ। 

समुहले  माघ देखी नेपाली लगायत विभिन्न देशका मुद्रा ठुलो फ्रेममा राखी  बूढानीलकण्ठ नगरपालिकाको  विद्यालयहरुमा प्रदर्शन गर्दै आएको छ। श्री नौलिन मा.विको प्राङ्गण बाट पहिलो पल्ट सुरु भएको प्रदर्शनी अभियानलाई बू.न.पा. १३ को टुपेक नवपुर युवा कल्ब र बू.न.पा. ५ को बूढानीलकण्ठ युथ सोसाईटिको सहयोग र समर्थन रहेको छ।

 कार्यक्रममा स्कुलका विद्यार्थी, कर्मचारी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो र निकै चाख पुर्वक मुद्राहरुको अवलोकन गरेका थिए ।

प्रदर्शन गरिएका पुराना नोटहरुका बारेमा चासो देखाएका विद्यार्थी तथा कार्यक्रममा उपस्थित स्थानियहरुलाई सरोज श्रेष्ठले नोटहरुको बारेमा आफु संग भएको ज्ञान र संकलन गर्दाको अनुभव बाँड्दै कार्यक्रमलाई अझ बढी रोचक बनाएका थिए।

विद्यार्थीहरुलाई निकै फाईदा हुने कार्यक्रम आयोजना गरेकोमा विद्यालयका संचालक समुहले आयोजकलाई धन्यबाद दिदै कामको प्रशंसा समेत गरेका थिए। 

यो प्रदर्शनी बूढानीलकण्ठ नगरपालिका भित्रका सबै जसो विद्यालयमा गर्ने योजना रहेको बताउँदै भोली पिक पोईन्ट स्कुलमा गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्।