लुटका निर्माता संग दुई करोड भन्दा बडी नक्कली नोट बरामद

[[IMG_ALT]]

b s g news | National News | Jestha 2

प्रहरी परिसर काठमाडौंले उपत्यकाका तीन विभिन्न स्थानबाट वाग्लेसहित महेन्द्र बोगटी, सुजित तामांग, साजन तामांगलाई नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो । र,दुई प्रेस सञ्चालक प्रकाश सुवेदी र विकेश नापीत र नेपाली चलचित्र लुटका निर्माता माधब वाग्ले लाई पक्राउ गरेको छ ।

निर्माता वाग्लेलाई प्रहरीले बुधबार उनकै कोठाबाट दुई करोड ५२ लाख रुपैया बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो भने मंगलबार नै कमलपोखरी बस्ने सुर्खेतका महेन्द्र बोगटीलाई एकलाख २० हजार बराबरका नक्कली नोटसहित र सिन्धुली घर भई ललितपुर लुभु बस्ने सुजित तामांग र साजन तामांगको कोठाबाट सात लाख ४३ हजार बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो।

‘फस्ट लभ’ बाट फिल्म निर्माणमा आएका माधव वाग्लेले ‘चंगा चेट’ फिल्मका लागि उक्त नक्कली नोट छपाएको बुझिएको छ। फिल्मका निर्देशक दीपेन्द्र के खनालले कान्तिपुरलाई दिएको जानकारी अनुसार, फिल्म प्रोपर्टीका रुपमा ‘फिल्म प्रयोजनका लागि’ भनि लेखिएका उक्त नोटहरु आर्ट डाइरेक्सन टीमबाट दुरुपयोग भएको हो।

उनले भने, ‘नक्कली नोट बनाउने जिम्मा आर्ट डाइरेक्टर मेनुका राईमार्फत् उनका असिस्टेन्ट सुजित तामांगलाई दिइएको थियो। सुटिंग सकिएपछि केही रकम निर्मातालाई बुझाएर केही आफैंले राखेर दुरुपयोग भएको रहेछ।’