सिलवालबारे प्रधानमन्त्री ओलीले थाले यस्तो तयारी

[[IMG_ALT]]

b s g news | National News | Falgun 6

प्रधानमन्त्री केपी ओलीले आज केही कानुनविदहरुलाई निवासमा बोलाएर नवराज सिलवालको केसबारे के गर्न सकिन्छ भन्दै परामर्श गरेका छन् ।



प्रधानमन्त्री ओली निकट उच्च स्रोतले दिएको जानकारी अनुसार ओलीले आज केही कानूनविदहरुलाई निवासमा बोलाएर सिलवालबारे परामर्श थालेका हुन् ।



कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीबाट बर्हिगमन र ओलीको प्रधानमन्त्रीमा सत्तारोहणसँगै सिलवालले बिहीबार आक्रोशित र प्रफुल्लित भएर आपत्तिजनक ट्विट समेत गरेका थिए । उनले भनेका थिए, ‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।’



ओली सुरुदेखि नै सिलवालको बचाउमा थिए । उनले डीआईजीहरुको कार्यसम्पादन मूल्यांकन रिपोर्टमा सिलवालले नभई सरकारले कीर्ते गरेको आरोपसम्म लगाएका थिए । सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन सही भएको दाबी गर्दै ओलीले एक कार्यक्रममा भनेका थिए, ‘कहाँबाट प्राप्त भयो त्यो बेग्लै कुरा हो । कसरी लिकेज भयो, त्यो सरकारले छानविन गरोस् ।’