स्थानीय समस्या, आवश्यकता र भइरहेका कामका बारेमा जनता र सांसदका बीचमा अन्तरक्रिया गर्ने उद्धेश्यले काठमाडौ क्षेत्र नं. ४ का सांसद गगनकुमार थापाले “जनतासँग सांसद” नामक नयाँ अभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं १० का जनता संग पौष १४ गते छलफल अन्तरक्रिया गरेका छन्।

शुक्रबार बिहान बुढानिलकण्ठ नगरपालिका वडा नं१०  बालुवाखानी स्थित डिठ्ठा चौरमा ज्येष्ठ नागरिक पार्क बनाउने सन्धर्भमा स्थानीय संग  छलफल अन्तरक्रिया गरेका हुन् । सांसद विकास कोषको करिब ५० लाख विनियोजित रकम बाट उक्त क्षेत्रमा ज्येष्ठ नागरिक पार्क निर्माण लगायतका बिबिध बिषयमा अन्तरक्रिया कार्यक्रम गरेका हुन्। उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराई, वडा सदस्यहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, बिभिन्न संघ सस्थाका प्रतिनिधी लगायत को उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम संचालन नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका १० का इकाई सभापति श्याम डोटेलले गरेका थिए।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराईले २०६७ सालमा करिब १ रोपनी ४ आना जग्गाको बिषयमा वडा मालपोत कार्यलया नापी कार्यलय बाट वडा  कार्यलयमा करिब ३/ ४ महिना अघि चन्द्र बहादुर थापाको नाउमा पत्र आएको जानकारी गराउदै  मन्त्रि परिषदको बैठकबाट सो जग्गा उनलाई  दिने निर्णय गरिसकेको भए पनि सो निर्णयमा सहमत हुन सक्दैनौ भनेर भनिरहेको  अवस्थामा मन्त्रिपरिषद् बाट गरि सकेको निर्णयलाइ कसरी मिलाउन सकिन्छ त्यता तर्फ पनि छलफल गर्न आवश्यक रहेको बताए।

 उनले  बालुवा खानीको जग्गा नाप्ने काम गरिसकेपछि पनि त्यसमा थप गति दिन नसकेको बताए ।उनले सो जग्गामा जम्मा जम्मी ५ वटा एलोकेसन गर्न सकिने ठुलो क्षेत्रफल रहेको बताउदै उक्त क्षेत्रमा  २२ रोपनी जग्गा भनिएपनि फिल्डमा त्यति नपुग्ने अवस्था रहेको बताए। उनले त्यति नपुगे पनि सो जग्गामा पार्क सहित  फरक फरक संरचना समेत बनाउन सकिने आफुलाई लागेको बताए  तर त्यसमा जनताको राय सुझाब र सल्लाहको आधारमा बन्न सक्ने बताए।  उनले आफ्नो वडा कार्यलय पनि कपन साहित्य समाजको भवनमा संचालन हुदै आएको बताउदै वडा कार्यलयलाइ पनि  भवनको आवश्यकता भएको बताए त्यसमा पनि सोच्न सकिने बताए।

उक्त कार्यक्रममा बोल्दै  प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले सो क्षेत्रमा के गर्ने भन्ने सन्धर्भमा प्रतिनिधि सभा सांसद यहाँको प्रदेश सभा सांसद  निर्वाचित नगर प्रमुख वडा अध्यक्ष सबै जना बसेर छलफल गरेर कसरी अगाडी बढ्ने भनेर तय गर्ने बताए।उनले कति पय स्थानीय आवश्यकता रहेको र अहिले धेरै जसो स्थानीय बिषयहरु स्थानीय सरकारले नै गर्ने बताए।उनले प्रदेश सरकारको संरचना बल्ल बन्दै गरेको  र कति पय प्रदेश सरकारले गर्ने बताए। उनले संघिय सरकारले  स्थानीय  विकास  पूर्वाधारको लागि एक रुपैया पनि नछुटयाउने बताए।

 उनले केन्द्रको सरकारले हेर्ने भनेको संबिधानत् नै ठुलो ठुलो हवाई अड्डाहरु,ठुलो ठुलो राजमार्गहरु ठुलो ठुलो पुलहरु ठुलो ठुलो सिचाई आयोजनाहरु लगायतको बिषय हेर्ने बताए। उनले त्यति मात्र  नभई स्थानीय क्षेत्रमा केहि केहि कामहरु हुने जसमा सांसद जोडिनु पर्छ भन्ने  कुरा संग रहेर  सो बिषयमा जोडिएको बताए।  उनले त्यो गर्ने क्रममा केहि पैसा बाटोमा केहि यस्तै खालको पूर्वाधार बिकासमा खर्च गर्ने बताए। उनले सो ठाउमा आज भन्दा पहिला पनि एक पटक आएर छलफल गरेर त्यसमा एउटा पार्क बनाउन सो ठाउमा उपयुक्त हुन्छ भनेर उनले त्यसको लागि त्यति बेला १० लाख छुट्टयाइएको तर त्यो पैसा प्रयोग नभएर फ्रिज भएर गएको स्मरण गर्दै अहिलेको छुट्याइएको पैसा पनि फ्रिज हुन नदिन अथवा अर्को ठाउमा जान नदिनको लागि तत्काल काममा लागि हाल्नु पर्ने बताए। उनले अहिले ५० लाख बाट काम सुरु गर्दै गर्दा आगमी वर्ष पैसा थप गर्न सकिने बताए ।

उनले आफुले लामो समय काठमाडौंको कमल पोखरीमा काम गरेको हाल काठमाडौं महानगर पालिकाले काम गर्छु भनेर अघि आएको बताए। उनले कमलपोखरीमा आफुहरुले यस वर्ष १ करोड हालेर काम गर्न लाग्दा महानगरपालिकाले हाल ७ करोड राखेर काम गर्छु भनेर अगाडी आएको बताए। उनले त्यसै गरि सो क्षेत्रमा पनि काम सुरु  भए पछि  बन्दै  गए पछि  अरु स्रोतहरु पनि जुट्ने बताए।  उनले २०७२ सालको भूकम्पले खुल्ला ठाउको कति आवश्यक रहेछ र त्यसलाई जोगाउनु पर्ने रहेछ भन्ने पाठ सिकाएको भन्दै खुल्ला ठाउ जोगाउने क्रममा व्यवस्थित रुपमा पार्क बनाएर जोगाउ भन्ने उदेश्यले सो स्थानमा पार्क बनाउन लागिएको बताए।  उनले त्यसलाई कसरि अगाडी बढाउन सकिन्छ एक पटक प्राबिधिक सहित सबै जनालाइ राखेर पुन छलफल गर्ने बताएका थिए।उक्त छलफल बाट सो स्थानमा ज्येष्ठ नागरिक पार्कको लागि सांसद विकास कोष बाट विनियोजित रकम बाट तत्काल कार्य अघि बढाउने निर्णय भएको छ ।