चीन राष्ट्रिय अन्तरिक्ष व्यूरोले जनाए अनुसार, छाङअ ४ नम्बर अन्वेषण प्रबन्धको अवतरण यन्त्र तथा गश्ति यन्त्र जनवरी ३ तारिख राति सफलताका साथ छुटिएको छ। युथु २ नम्बर नामक गश्ति यन्त्र चन्द्रमाको बाहिरी भागमा पुगेको छ। युथु २ नम्बर गश्ति यन्त्रले चन्द्रमाको पछाडिपट्टिको भागमा पहिलो गश्ति गरेको दृश्य अवतरण यन्त्रमा राखिएका क्यामराले खिचेपछि सो दृश्य नै छ्वेछाउ नामक उपग्रहमार्फत पृथ्वीमा पठाइएको छ।

पैचिङ समय अनुसार, जनवरी ३ तारिख विहान १० बजेर २६ मिनेट जाँदा चीनबाट अनुसन्धान र विकास गरिएको छाङअ ४ नम्बर अन्वेषण प्रबन्ध सफलताका साथ चन्द्रमाको पछाडिपट्टिको भागमा निर्धारित अवतरण क्षेत्रमा पुगेको छ। साथै छ्वेछ्याउ नामक उपग्रहबाट विश्वमा नजिकबाट खिचेको चन्द्रमाको पछाडिपट्टिको भागको पहिलो फोटो पठाएको छ। सन् २०१३ मा चन्द्रमाको अगाडिपट्टिको भागमा छाङअ ३ नम्बरको सफल अवतरणपछि चिनियाँ अन्वेषण प्रबन्ध चन्द्रमामा फेरि पुगेको हो। जसबाट चीन नै विश्वमा चन्द्रमाको अगाडि र पछाडिपट्टिको भागमा अन्वेषण प्रबन्धको सफल अवतरण गर्ने पहिलो मुलुक बनेको छ र मानवजातिको अन्तरिक्ष अनुसन्धान इतिहासमा चालिएको अर्को ठूलो पाइला पनि भएको छ।

छाङअ ४ नम्बर अन्वेषण प्रबन्ध सन् २०१८ को डिसेम्बर ८ तारिख चीनको सिछाङ उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो। यो नै छाङअ ३ नम्बरको व्याकअप प्रबन्ध पनि थियो। ६ वर्षअघि छाङअ ३ नम्बर चन्द्रमामा सफल अवतरण भएपछि चिनियाँ बैज्ञानिकहरूले यो ‘व्याकअप’को प्रयोग गर्ने आवश्यकताबारे धेरै पटक छलफल गरेका थिए।

चिनियाँ अन्तरिक्ष बैज्ञानिक एवं छाङअ १ नम्बरका प्रमुख डिजाइनर ये फैच्यानको धारणा यस्तो छः चन्द्रमाको पछाडिपट्टिको भागमा सफल अवतरण नै छाङअ ४ नम्बरको सबभन्दा ठूलो बैज्ञानिक लक्ष्य हो। उनको कुराबाट चीनमा अन्तरिक्ष कार्यको विकास क्रममा सर्वोच्च लक्ष्यलाई स्पष्ट पारिएको छ जसबाट चीनलाई कतिवटा ‘विश्वको प्रथम स्थान’ ल्याउनु होइन बरू अन्तरिक्षमा नजानिएको क्षेत्रको अन्वेषण गर्दै मानवजितको अथक विकासको लागि बाटो खोज्नु हो।

मानजजाति अन्तरिक्ष सिद्धानका पिता मानिने रूसी बैज्ञानिक त्सिओल्कोभस्की कोन्स्ताटिन इदुआरदोभिचले यसरी भनेका थिए कि पृथ्वी मानवजातिको कोक्रो हो तर मानवजातिले संधै नै आफ्नो कोक्रोमा जीवन बिताउन सकिँदैन। हिजोआज बैज्ञानिकहरूले ठूलो ढाँचे बैज्ञानिक प्रबन्धमार्फत ब्रह्माण्डको शुरूआतका केही गुरुत्वाकर्षण लहर पाएका छन् भने ग्यालेक्सीको अर्को पट्टिमा पल्सर देखेका छन्.....तापनि ती आविष्कारहरू ब्रह्माण्डमा निकै स-साना टुक्रा मात्र हुन्। पृथ्वीमा हरित गृह ग्यास निष्काशन लगायत मानवजातिका गतिविधिहरूबाट जलवायु परिवर्तन आदि समस्याहरू आइसकेका छन् जसबाट मानवजातिले अझ गहिरो बाह्य अन्तरिक्षमा नजर पुर्‍याउन बाध्यता परेको छ। मानिसले एक दिन पृथ्वीबाट बाहिर गएर इन्टेर्स्टेलर बुद्धिमान प्रजाति बन्ने इच्छा राखेको छ।

यसै अर्थमा चन्द्रमा नै मानवजाति ब्रह्माण्डमा बाँच्ने पहिलो कोशेढुङ्गा मानिन्छ र छाङअ ४ नम्बर अन्वेषण प्रबन्ध भने मानवजातिको ढोकातिर परेको चन्द्रमा भन्ने कोशेढुङ्गामा उभिन खोजेको सबभन्दा पछिल्लो प्रयास हो। यो नै चीनले मानवजातिको संयुक्त भाग्य समुदायको निर्माणको लागि गरेको सबभन्दा पछिल्लो प्रयास पनि हो।

(CRI)