“ नक्कली सुन देखाई ठगी गर्ने व्यक्तिहरु पक्राउ”  
  
घटना बिबरण : 
फरार अपराधि पक्राउ एबं  गैंह्रकानुनी क्रियाकलाप बिरुद्ध यस कार्यालयबाट संचालन गरिएको बिशेष अभियान अन्तर्गत केहि व्यक्तीहरु बजार भाउ भन्दा सस्तोमा रु. ३५,००,००० ( पैतिस लाखमा एक के.जी. ) सुन दिन्छु भनि ठगि गर्ने नियत राखी हिडी रहेका छन् भन्ने गोप्य सुचना प्राप्त भए पश्चात यस महाशाखाबाट खटि गएको बिशेष टोलीले जिल्ला भक्तपुर, चाँगुनारायण न.पा. वडा नं.९ ताथली स्थित सडकबाट सुन जस्तो देखिने धातुको एक थान बिस्कुट सहित आज मिति २०७५।०७।१९ गते अं. १५:४५ बजे  तीन जना ब्यक्तिहरु पक्राउ गरिएको साथै यस कार्यालयबाट थप अनुसन्धान कार्य जारी रहेको ।

पक्राउ व्यक्तिहरु : 
नाम : राजेन्द्र तामाङ 
उमेर : २४ वर्ष 
ठेगाना : जिल्ला धादिङ, गजुरी गा.पा. वडा नं.१ 
हाल : ल.पु., सातदोबाटो

नाम : राजु लामा
उमेर : ३५ वर्ष
ठेगाना : जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे न.पा. वडा नं.३
हाल : का.जि., मातातिर्थ 

नाम : राज कुमार तामाङ
उमेर : ३६ वर्ष 
ठेगाना : जिल्ला काभ्रे, रोशी गा.पा. वडा नं.३ 
हाल : ल.पु., ढोलाहिटी 
बरामद भएका सामान :- 

मिति : २०७५।०७।१९ गते ।

(नेपाल प्रहरी , महानगरिय अपराध महाशाखा )