मिति २०७५/६/२३ गते साँझ ५ बजे बु.न.पा ३ स्थित होटल पार्क भिलेज रीसर्टमा बूढानीलकण्ठ युवा समाज द्वारा २०७५/९/२५ गते बाट सुरु हुने चौथो बूढानीलकण्ठ नगर कप फुटबलमा बुढानीलकण्ठ नगरपालिका भित्रका १० वटा वडाका १८ वटा टीमले सहभागिता जनाउने भएका छन् ।बुढानीलकण्ठ युवा समाज द्वारा आज आयोजित पत्रकार भेटघाट तथा टाईसिट झिक्ने कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदश्य तथा नेपाल फुटसल संघका संयोजक दावा लामा जिल्ला खेल्खुद विकास समिती काठमाडौँका उपधयक्ष बद्रि भट्टराई नगरपालिका खेल्खुद संघका प्रतिनिधि स्थानीय जनप्रतिनिधि सबै सहभागी क्लबका ब्यबस्थापक टिम क्याप्टेनहरुको उपस्थितीमा कार्यक्रम भएको थियो । प्रतियोगिताको पहिलो खेल गत बर्षको बिजेता र उप बिजेता शिवपुरी नवज्योति क वडा न ३ र नेपाली युवा क्लब वडा न २ बीच हुने भएको छ । अखिल नेपाल फुटबल संघको ए डिभिजन लिग सुरु भएकोले रेफ्री हरुको समय अभाबका कारण खेल तोकिएको तालिका भन्दा तल माथि हुने आयोजक कमिटीले सबैको ध्यानार्कषण गराएको छ ।