चिनियाँ मोबाइल कम्पनीका स्मार्टफोन नेपाली बजारमा
-
चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको सहब्राण्ड अनरले नेपालमा आफ्ना स्मार्टफोनहरुको बिक्री सुरु गरेको घोषणा गरेको छ। क्रातोस टेक्नोलोजी प्रालि अनरलाई नेपाली बजारमा प्रवेश गराउने आधिकारिक वितरक हो।

कम्पनीले नेपाली बजारमा अनर सेभेन एस, अनर सेभेन ए, अनर ऐट एक्स र अनर प्ले नामका ४ मोडलहरु भित्र्याएको छ। यी सबै मोडलहरु नयाँ वर्षसँगैं उपभोक्ताहरु समक्ष उपलब्ध हुन थालेको विज्ञप्तिमा उल्लेख छ। 
अनरले यसको मूल्य, डिजाइन र कार्य दक्षताबीचको सन्तुलनका साथ नयाँ अध्याय कायम गरिरहेको जनाएको बिजमाण्डु अनलाइनले जनाएको छ।