संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिका पक्ष राष्ट्रको सम्मेलन (कोप–२४) मा नेपाललगायत अल्पविकसित मुलुकले नविकरणीय ऊर्जामा लगानी बढाउन र पेट्रोलियम पदार्थको प्रयोग घटाउन ध्यानाकर्षण गरेका छन्। 
पेरिस सम्झौतामा हस्ताक्षर गरेका सबै राष्ट्रहरु कार्वन उत्सर्जनका कार्यलाई न्यूनीकरण गर्दै लैजान र विश्वको तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा माथि बढ्न नदिन सहमत भएका छन् तर तेल उत्पादन गर्ने राष्ट्रले तेल उत्पादनमा वृद्धि गर्दै लैजाने र विकसित राष्ट्रले पेट्रोलियम पदार्थको प्रयोगलाई बढावा दिइरहँदा सहमति कार्यान्वयनमा समस्यामा पर्ने बताइएको छ।

नेपाल लगायतका मुलुकले पेरिस सम्झौता अनुसार कार्वन उत्सर्जन न्यूनीकरण गर्न तेल उत्पादक राष्ट्र र विकसित राष्ट्रले काम गर्नुपर्नेमा आ–आफ्ना धारणाहरू राखेका छन् । अल्पविकसित राष्ट्रका गैर सरकारी संस्था, जलवायु परिवर्तन विज्ञ, वैज्ञानिक तथा अन्य सरोकारवालाहरुले तेल उत्पादक राष्ट्र र विकसित राष्ट्रको ध्यानाकर्षण गर्न काटावीसमा प्रदर्शन समेत गरेका छन्।