मिति २०७९/०६/०३ गते अन्दाजि २०:३० बजेको समयमा बूढानीलकण्ठ नगरपालिका वडा नं.१२ कपन राधाकृष्ण मन्दिर नजिकै सडक खण्डमा प्रहरी प्रभाग कपन बाट खटीएको प्रहरी टोलीले शंकाष्पद अवस्थामा हिडिरहेको निम्न मानिसलाई फेला पारी निजलाई आवश्यक सोधपुछ गरी निजको शरीर तथा निजको झोला चेकजाँच गर्दा करिव १०० ग्राम परिमाणको लागु औषध सहित फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिएको छ ।

क) पक्राउ परेको व्यक्तिः   

   १) नवलपरासी जिल्ला सुनौल न.पा. वडा नं.०१ स्थाई घर भई बस्ने भनि बताउने बर्ष ३३ को भिम बहादुर काला ।

ख) बरामद दशीः-

१) नियन्त्रित लागुऔषध ब्राउन सुगर १०० ग्राम ।

उक्त घटना सम्बन्धमा प्रकरण (ख) मा बरामद दशीसहित प्रकरण (क) मा उल्लेखित पक्राउमा परेको व्यक्ति भिम बहादुर काला उपर लागु औषध नियन्त्रण तथा ओसार पसार अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि तालुक प्रहरी बृत्त बौद्ध पठाईएको ।