काठमाडौं, माघ ११ गते । पछिल्लो २४ घण्टामा नौ हजार ४३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार १०३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार ४३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सात हजार ८०६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार ५७६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ४० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको जनाएको छ ।

सोही अवधिमा आठ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६६९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, मुलुकमा हालसम्म ८८ हजार ९३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । साथै पछिल्लो २४ घण्टामा दुई लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।