बूढानीलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको  शक्ती समुह द्वारा सञ्चालित 'सुरक्षित आभाव गृह' (सेल्टर होम) को निरिक्षण गरिएको छ।

नगरपालिकाको महिला तथा बालबालिका महाशाखाबाट उक्त अनुगमन कार्य सञ्चालन भएकोमा  नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल, उपप्रमुख रमा देवी राई, कार्यकारी अधिकृत भुवनेश्वर लामिछाने  वडा-९ का अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, तथा वडा समिति, कार्य समितिका सदस्यहरु लगायत चरी माया तामाङ्गको उपस्थिति रहेको थियो। उक्त सेल्टर होमको के-कस्तो अवस्था रहेको छ भन्ने उद्धेश्य सहित कार्यक्रम सञ्चालन गरिएको थियो। 

जिल्ला समितिको प्राप्त स्विकृति तथा सोहि समितिबाट तयार गरिएको ढाँचा अनुरुप सञ्चालित उक्त पुनर्स्थापना केन्द्र पछिल्लो वर्ष नगरपालिकामा अनुमति प्राप्त गरि हाल सञ्चालित रहेको छ। राष्ट्रिय समितिले निर्धारण गरेको आवश्यकता अनुसार र जिल्ला समितिको निर्णय व्यवस्था अनुरुप प्रत्येक ६-६ महिनामा अनुगमन गरिनुपर्ने रहेको छ ।

नगरपालिकाको मातहतमा रहेर मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि बमोजिम स्थानिय तहमा रहेका संसंस्था तथा पनर्स्थापना केन्द्रहरुको समयसमयमा अनुगमन तथा निरिक्षण गरिनुपर्ने कर्तव्य अनुसार आज नगरपालिकाका विभिन्न जनप्रतिनिधिहरु लगायत समितिका प्रतिनिधिहरुको उपस्थितिमा सो केन्द्रमा अनुगमन कार्य सम्पन्न गरिएको हो।