बूढानीलकण्ठ नगरपालिकाले अन्तराष्ट्रिय लागुऔषध विरुद्धको अभियान “WORLD DRUG DAY” वृहत कार्यक्रम आयोजना गरी मनाउन लागेको छ ।

प्रत्यक वर्ष जुन २६ (असार १२) मा मनाईने WORLD DRUG DAY अर्थात “लागूऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” को अवसरमा नगर युवा परिषद्ले “प्रभातफेरी तथा सचेतनामुलक कार्यक्रम” सञ्चालन गर्न लागेको हो ।

कार्यक्रम विहान ७ बजे बाट वृहत र्यालि सहित सुरु भई वडा नं ०७ गणेशचोक स्थित “पिकोलो ईभेन्टस” मा भेला हुने आयोजकले जनाएको छ ।

र्यालि पश्चात विशेष वक्ता मार्फत अन्तक्रियात्मक कार्यक्रम सञ्चालन हुने छ । जसमा नगरपालिका प्रमुख मिठाराम अधिकारी , उप-प्रमुख अनिता लामा लगायत वडा अध्यक्ष, सदस्य, युवा क्लब, विद्यार्थी समुह तथा समाजसेविहरुको उपस्थिति रहने छ ।

कार्यक्रम बिहान ७ बजे बाट सुरु हुने हुँदा सम्पुर्ण युवा क्लव/संस्थाहरुलाई, विद्यालय तथा सम्बन्धित निकायहरुलाई उपस्थित भईदिनुहुन आयोजकले अनुरोध गरेको छ ।

प्रभातफेरी सुरु हुने स्थानः

१. बूढानीलकण्ठ मन्दिर वडा नं. (१,२,३,४ र ५ ) विहान ७ बजे

२. गल्फुटार बास्केटबल कोर्ट बडा नं. (६,७,८ र ९) विहान ७ बजे

३. कपन ह्याण्डबल ग्राउण्ड वडा नं. (१०,११, १२ र १३) विहान ७ बजे

भेला हुने स्थानः 

पिकोलो ईभेन्ट्स, गणेश चोक बिहान ८ बजे