काठमाडौं, फागुन ४ गते । भारतीय गायक बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । 

सन् १९५२ मा पश्चिम बंगालमा जन्मिनुभएको लहरीलाई बलीउडमा ‘डिस्कोे राजा’ मानिन्छ । सन् १९८२ मा रिलिज भएको ‘डिस्को डान्सर’मा उहाँले गाउनुभएको ‘याद आ रहे हें तेरा प्यार’को बोल सदाबहार गीत बन्नपुगेको छ ।

केही हप्तादेखि विरामी पर्नुभएका लहरी मगंलबार पौने १२ बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।