निर्वाचनसम्बन्धी मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले आचारसंहिता उल्लङ्घनको घटना अनुगमनमा तिव्रता दिएको छ । काउन्सिलले आचारसंहिता कार्यान्वयनमा सचेत गराउँदै उल्लङ्घन गर्नेलाई कारवाहीको प्रक्रिया पनि अगाडि बढाउँदैआएको छ । 

काउन्सिलले गत सोमबार रिपब्लिका दैनिक डट कम, काठमाडौंलाई आचारसंहिता पालनामा सजग गराएको छ । काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लकाअनुसार सो मिडियाले वैशाख १ गते ‘ललितपुरमा चिरिबाबु र भरतपुरमा रेणुको हार पक्का, टिकट लिन ठूलो चलखेल, कार्यकर्ताले धुलो चटाउने’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । 

समाचारले व्यक्तिगत प्रतिष्ठामा आँच पु¥याउने, भेदभाव हुने किसिमिले तथ्यहिन समाचार प्रकाशन गरेकोभन्दै आयोगले सो मिडियालाई सजग गराएको अनुगमन अधिकृत मल्लले बताउनुभयो । सो सञ्चारगृहलाई लिखित पत्राचार गरी पुनः त्यस्तो गल्ती नदोहो¥याउन सचेत गराएको काउन्सिलले जनाएको छ । 

त्यस्तै, काउन्सिलले गत सोमबार नै कालिका एफ.एम. ९५.२ मेघाहर्ज भरतपुर चितवनलाई पनि आचारसंहिता कार्यान्वयनमा सचेत गराएको छ । अनुगमन अधिकृत मल्लकाअनुसार सो एफएमले वैशाख २ गते चितवनमा भएको राप्रपाको कार्यक्रम दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म लाइभ प्रशारण गरेको थियो । कुनै दलविशेष राजनीतिक दलको चुनावी सभाको पक्षपोषण हुनेगरी प्रशारण गर्दा आचारसंहिताको उल्लङ्घन हुने भन्दै काउन्सिलले आचारसंहिता पालनामा सो मिडिया गृहलाई लिखित पत्रमार्फत् सजग गराएको जनाएको छ ।

सोहीअनुसार काउन्सिलले मंगलबार मकालु खबर डट कमलाई फोनमार्फत आचारसंहिता कार्यान्वयनका लागि सजग गराएको जनाएको छ । काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराकाअनुसार सो सञ्चार माध्यमले ‘एमालेलाई निर्वाचन आयुक्तको जवाफः आदरणीय व्यक्तित्वहरुलाई कद नघटाउन अनुरोध छ’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । आचारसंहिता प्रतिकुल समाचार प्रकाशन भएलगत्तै सो मिडियाका प्रतिनिधिलाई फोनमार्फत समाचार करेक्सनका लागि अनुरोध भएपछि समाचार करेक्सन भएको काउन्सिलले जनाएको छ ।  

त्यस्तै, गत सोमबार नै काउन्सिलले सन्ध्याकालिन दैनिक काठमाडौंलाई आचारसंहिता कार्यान्वयनका लागि निर्देश गरेको छ । सो पत्रिकाले ‘देशभर निर्वाचन वहिष्कारको पोष्टर टाँसियो’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । निर्वाचन विरोधी गतिविधिलाई प्रोत्साहन हुने किसिमको सामग्री प्रकाशन भएकोप्रति आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आइन्दा त्यस्तो विषयवस्तुको समाचार प्रकाशन प्रशारण नगर्न नगराउन सो सञ्चार गृहका सञ्चालकलाई लिखित निर्देश गरेको अनुगमन अधिकृत मल्लले बताउनुभयो । 

सोहीअनुसार नोपाटी डट कम डिजिटल न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्नेगरी व्यवस्था गर्न काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई लिखित आग्रह गरेको छ । सो अनलाइनले मंगलबार विभिन्न शीर्षक राखी भिडियोसहित समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ । काउन्सिलले दिएको जानकारीअनुसार सो अनलाइनले ‘भरतपुरमा छोरी रेणुलाई मेयर नदिए खतराको घण्टी बजाईदिने प्रचण्डको चेतावनी’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । 

त्यस्तै, सोही दिन सो अनलाइनले ‘दश सिट नजित्ने माओवादीले धेरै निहुँ नखोज्न देउवाको प्रचण्डलाई चेतावनी’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । काउन्सिलका अनुगमन अधिकृत मल्लकाअनुसार सो अनलाइनले सोही दिन अर्को समाचार ‘कमल थापा रुँदै एमालेको शरण लिन पुगे’ भिडियो समाचार सम्प्रेषण गरेको थियो । समाचारको विषयवस्तु निर्वाचन विरोधी र आचारसंहिता प्रतिकुल रहेकाले त्यसलाई नेपालभित्र सम्प्रेषण हुन नसक्नेगरी व्यवस्था गर्न प्राधिकरणसँग काउन्सिलले लिखित आग्रह गरेको छ ।  

सोहीअनुसार काउन्सिलले मंगलबार नै यो हो टेलिभिजनलाई पनि आचारसंहिता पालनामा लिखित पत्रमार्फत सजग गराएको छ । सो टेलिभिजनले ‘प्रचण्ड विषालु सर्प हुन् उनको दाँत कसरी झार्नु पर्छ भन्ने मलाई थाहा छ ः ओली’ शीर्षक दिई टेलिभिजनको सामाजिक सञ्जाल, युट्युव च्यानलमार्फत समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ । उपप्रशासकीय अधिकृत रामशरण बोहराकाअनुसार सो टेलिभिजनलाई आचारसंहिता प्रतिकुल हुनेगरी कुनै सामाचार सामग्री सम्प्रेषण नगर्न नगराउन सचेत गराइएको छ ।