ट्याङ्करबाट इन्धन चोरी गर्ने एकजना पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिका–७ सुनयनापथस्थित नेपाल पेट्रोलियमको प्राङ्गणमा पार्किङ गरी राखिएका नेपाल आयल निगमका ट्याङ्करबाट इन्धन चोरी भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर प्रहरीले जनालाई पक्राउ गरेको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले इन्धन चोरी भइरहेको अवस्थामा दुई ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले निगमका लु २ ख २६५५ र लु२ख ३९४० नम्बरका ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी भइरहेको अवस्थामा तिलोत्तमा नगरपालिका–७ मंगलापुर निवासी ४६ वर्षीय तिलबहादुर फुलाललाई पक्राउ गरेको जनाएको छ ।
नियन्त्रणमा लिइएका ट्याङ्कर र पक्राउ परेका फुलाललाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले जानकारी दिनुभयो ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिकृयाहरु