दोहोरो नागरिकता लिएको अभियोगमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रकाउ पर्नु भएको छ ।
यसअघि आजै विहान मात्र धनुषा जिल्ला अदालतले दोहोरो नागरिकतासम्बन्धी कसुरमा सिरोहियालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो ।
थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्को केन्द्रीय कार्यालय बाटै अध्यक्ष सिरोहिया पक्राउ पर्नु भएको हो । सिरोहियालाई पक्राउ गर्दा कार्यलय परिसरमा कर्मचारीहरुले नारावाजी गरेका थिए ।
पक्राउपछि सिरोहियाले आफूले अनुसन्धानलाई सघाउँछु भन्दाभन्दै सरकारले अधिनायकवादी चरित्र देखाएको प्रतिक्रिया दिनु भयो । उहाँले आफ्नो गिरफ्तारीलाई प्रेस स्वतन्त्रतामाथिको कुठाराघात भएको बताउनु भयो ।
‘यो प्रेस स्वतन्त्रतामाथिको कुठाराघात हो, म अन्तिमसम्म लड्छु’, मलाइ गिरफ्तार गरिएको नागरिकताको कारणले होइन सहकारी मुद्दाको विषयमा हो। यो देशमा कानुन छ भने गृहमन्त्रीज्यू सँग २ वटा पासपोर्टको बोकेको मुद्दा छ । यसैलाई मेरो उजुरी मानेन उहाँ माथि पनि वरेन्ट जारी हुने छ । मलाइ विश्वास छ” सिरोहियाले भन्नुभयो ।
प्रतिकृयाहरु