नेपाल लोकतान्त्रिक खेलखुद संघ बागमती प्रदेशको आयोजनामा तेश्रो किसूनजि महिला तथा पुरुष हाफ म्याराथन र रन फर फन  प्रतियोगिता यहि मिती २०८० साल चैत्र १७ गते (भोलि)हुने भएको छ |  २१ किलोमिटर हाल्फ़ म्याराथन प्रतियोगितामा प्रथम हुने पुरुष/महिला लाई  मेडल प्रमाणपत्र तथा रु ७५००० दितीय हुने लाई  मेडल प्रमाणपत्र तथा रु ५०००० तेश्रो हुनेलाई मेडल प्रमाणपत्र तथा रु  २५००० प्रदान गरिने भएको छ | ५ किलोमिटर रन फर फन युवा बिध्यार्थीहरुलाई लक्षित गरि आयोजना हुने विधामा समेत प्रथम हुनेलाई समेत मेडल प्रमाणपत्र तथा नगद १५००० प्रदान गरिने भएको छ |

नेपालका पूर्व प्रधामन्त्री तथा नेपाली कांग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराईको सम्झनामा नेपाल लोकतान्त्रिक खेलखुद संघ बागमती प्रदेशले आयोजना गर्दै आईरहेको छ | नेपाल लोकतान्त्रिक खेलखुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङ्गका अनुसार नेपाल लोकतान्त्रिक खेलखुद संघ बागमती प्रदेशले अन्य खेल गतिबिधि समेत संचालन हुने जानकारी दिनुभएको छ  बुढानीलकण्ठ नगरपालिका वडा न ८ बास्केटबल मैदान बाट सुरुहुने हाल्फ़ म्याराथन प्रतियोगितामा राष्ट्रिय धावकहरुको समेत सहभागिता हुने भएको छ | रन फर फन माहाराजगंज बाट सुरु हुने छ |