काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा नगरपालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको सभाहल, हात्तीगौंडामा बुधबार आयोजित कार्यक्रममा स्थानीय तह र बैंक तथा वित्तीय संस्थाबीचको सहकार्य, वित्तीय सेवा प्रवाह तथा नगरको आर्थिक विकासका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा नगरभित्र सञ्चालित विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीय तह र वित्तीय संस्थाबीच प्रभावकारी समन्वय र सहकार्यलाई थप मजबुत बनाउँदै नागरिकलाई सहज तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने विषयमा छलफल गरेका थिए।
त्यसैगरी, नगरको आर्थिक गतिविधि विस्तार, स्थानीय व्यवसाय तथा उद्यम प्रवर्द्धन, वित्तीय पहुँच अभिवृद्धि र आर्थिक विकासमा बैंक तथा वित्तीय क्षेत्रको भूमिकाका विषयमा समेत विचार आदानप्रदान गरिएको थियो।
नगरपालिका र बैंक तथा वित्तीय संस्थाबीचको सहकार्यलाई निरन्तरता दिँदै स्थानीय आर्थिक विकासमा वित्तीय क्षेत्रलाई थप प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

प्रतिकृयाहरु