ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ । घटनास्थलमा  हाल उद्धार कार्य जारी छ ।

बेंगलुरु–हावडा एक्सप्रेस र शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेस र बालासोरमा मालबाहाक रेल दुर्घटना भएको दक्षिण पूर्वी रेलवेले शनिबार जनाएको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार २३८ जनाको मृत्यु भएको छ भने लगभग ६५० घाइते भएका छन् । 

घाइतेहरूको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोको अस्पतालमा उपचार भइरहेको छ । सर एम विश्वेश्वराया (बेंगलुरु)–हावडा एक्सप्रेसले १२ ८६४  जना यात्रु बोकेको थियो भने सुपरफास्ट एक्सप्रेसले १००० यात्रु लिएर हावडातर्फ गइरहेको थियो । 

त्यसैगरी, करिब २०० यात्रु बोकेको एउटा विशेष ट्रेन दुर्घटनामा फसेको र अहिले बालासोरबाट हावडाको लागि प्रस्थान गर्दैछ । खड़गपुर स्टेशनमा यात्रुहरूलाई पानी, चिया र खानाका प्याकेटहरू उपलब्ध गराइँदैछ। हावडा जाने बाटोमा रहेको बेंगलुरु–हावडा सुपरफास्ट एक्सप्रेसका थुप्रै डिब्बा पटरीबाट खसेर नजिकैको ट्याकमा  अड्केका छन् ।

शालिमार–चेन्नई सेन्ट्रल कोरोमण्डल एक्सप्रेस समानान्तर ट्याकमा विपरीत दिशाबाट आउँदै गरेको डिब्बामा ठोक्किएको थियो । कोरोमण्डल एक्सप्रेस कोच पटरीबाट खसेर तेस्रो ट्याकमा रहेको स्टेशनरी मालगाडीमा ठोक्किएको बताइएको छ । 

केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेर उद्धार कार्यको निरीक्षण गर्नु भएको छ ।

घटनाको उच्च स्तरीय छानबिन आयोग गठन गरेर छानबिन गरिने र रेल सुरक्षा आयुक्तले पनि स्वतन्त्र छानबिन गर्ने, वैष्णवले शनिबार बताउनु भएको छ । 
रेलवे प्रवक्ता अमिताभ शर्माका अनुसार शुक्रबार साँझ ७ बजे उक्त दुर्घटना भएको हो । रासस/एएनआई