काठमाडाैँ । नेपालमा शुक्रबार १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २३ हजार ९२ पिसिआर परीक्षणका क्रममा ८ हजार ८१५ जना र ४ हजार ४७४ एन्टिजेन परीक्षणका क्रममा १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६३५ जनाको ज्यान गएको छ ।

शुक्रबार थप ७ सय ६६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १९ हजार ५७५ जना निको भएका छन् ।

No photo description available.