बूढानीलकण्ठ नगरपालिकामा थप ५० जनामा कोरोना संक्रमण देखिएका छन्। पछिल्लो २४ घण्टामा २० जना महिला र ३० पुरुष गरि कुल ५० जना सहित नगरपालिकामा हालसम्म १२०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

आज थपिएका संक्रमितहरु वडा नं १ बाट पाँचजना, २ बाट तीनजना, ३ बाट दुईजना, ४ बाट दुईजना, ७ बाट एकजना, ८ बाट सातजना, ९ बाट चारजना, १० बाट १५ जना, ११ बाट चारजना र १२ बाट सातजना,  रहेका छन्। 

वडागत विवरणः

वडा नं १ फुलबारी कोलोनी मार्गबाट २५ वर्षिया एक महिला, तौलुङ्गबाट ३५ वर्षिया एक पुरुष, ५० वर्षिया एक महिला, निलोपुलबाट ३७ वर्षिया एक महिला, खरिबोटबाट २३ वर्षिया एक महिला

वडा नं २ इटालीटरबाट ३२ वर्षया एक पुरुष, ११ वर्षिया एक महिला, बाडेपाखाबाट ३९ वर्षिया एक पुरुष

वडा नं ३ चपली घुम्तीबाट ३३ वर्षिया, ३८ वर्षिया दुई महिला

वडा नं ४ पासिकोटबाट ४५ वर्षिया एक महिला, २६ वर्षिया एक पुरुष

वडा नं ७ हात्तिगौँडाबाट ८३ वर्षिया क पुरुष

वडा नं ८ सुन्दरबस्तीबाट ४५ वर्षिया २८ वर्षिया दुई महिला, १८ वर्षिया, १४ वर्षिया दुई पुरुष, भंगालबाट ३४ वर्षिया, गोल्फुटारबाट २२ वर्षिया, ४४ वर्षिया दुई पुरुष

वडा नं ९ मण्डिकाटारबाट ३० वर्षिया, ७८ वर्षिया दुई महिला, ८० वर्षिया एक पुरुष, क्यामेट कलेज नजिक, सुकेधाराबाट ६० वर्षिया एक महिला

वडा नं १० बालुवाखानीबाट २० वर्षिया, ४६ वर्षिया, ४५ वर्षिया, ७२ वर्षिया चार पुरुष, फ्रेण्डसिप क्लब, बेख मार्गबाट ३१ वर्षिया एक पुरुष, निलोपुलबाट २९ वर्षिया एक हिला, बेखबाट ३५ वर्षिया एक पुरुष, एकताबस्तीबाट ४० वर्षिया एक पुरुष, साततलेबाट ३८ वर्षिया, ३९ वर्षिया दुई महिला, शिवमन्दिरबाट ५२ वर्षिया एक महिला, ४० वर्षिया एक पुरुष, शिवशक्ति नगरबाट ६४ वर्षिया एक पुरुष, पञ्चकुमारी मन्दिरबाट ३१ वर्षिया एक पुरुष

वडा नं ११ कपन हाईटबाट ३२ वर्षिया एक पुरुष, आनी गुम्बा नजिकैबाट ३७ वर्षिया एक महिला, दुर्गामन्दिरबाट ४८ वर्षिया एक पुरुष, कपनटारबाट ४६ वर्षिया एक पुरुष 

वडा नं १२ प्रहरी चौकीबाट २९ वर्षिया एक पुरुष, फैका ‍बाट ३५ वर्षिया एक पुरुष, माइकेन चोकबाट २६ वर्षिया एक पुरुष, खटिबोटबाट २४ वर्षिया एक पुरुष, आदर्शनगरबाट १४ वर्षिया, ४४ वर्षिया दुई पुरुष, ३६ वर्षिया एक महिला

आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। बूढानीलकण्ठ नगरपािका वडा नं १० मा बसोबास गर्दै आएको ५२ वर्षिया मिठिमाया राईको २०७७ असोज २५ गतेका दिन संक्रमण पुष्टि भएपश्चात् हेल्पिङ्ग ह्याण्ड अस्पताल, चाबहिलमा उपचाररत रहेको २०७७ असोज २६ गते मृत्यु भएको जानकारी नगरपालिकाको जनस्वास्थ्य शाखाले जानकारी प्रदान गरेको छ। यसरी कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या सातजना पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४६ रहेको छ। १७ महिला र २९ पुरुष गरि कुल ४६ सहित गरि नगरपालिकामा कोरोनाबाट मुक्त हुनेको कुल संख्या ७३६ पुगेको छ।

हाल नगरपालिकामा सक्रिय संक्रमित संख्या २०२ महिला र २६० पुरुष गरि कुल ४६२ रहेको छ। जसमध्ये ४०३ जना सेल्फ होम आइसोलेसनमा रहेका छन् भने अन्य 59 जना विभिन।न अस्पतालहरुमा उपचाररत रहेका छन्।