नेपालको लागि शिक्षा र अनुसन्धान केन्द्र CERIN (Center for Education and Research in Nepal ) द्वारा बूढानीलकण्ठ नगरपालिका नगर स्तरीय "अन्तर विद्यालय फुटसल प्रतियोगिता" को आयोजना हुने भएको छ । प्रतियोगिता कार्यक्रम २०७९ भाद्र २२, २३ र २४ गते गरि तीन दिन सञ्चालन हुनेछ। 

सो प्रतियोगिता कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका भित्र सञ्चालित रहेका विद्यालयहरु बिच प्रतिस्पर्धा हुनेछ। विद्यार्थीलाई कक्षा कोठाभित्र तथा पाठ्यपस्तक बिच मात्र सिमित नराखी अन्य अतिरिक्त क्रियाकलापहरुमा समेत सक्रिय गराउने उद्देश्य सहित सो प्रतियोगिताको आयोजना गरिएको हो। यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरुको खेलकुद क्षमतालाई अभिवृद्धि गर्ने र साथै खेलकुद क्षेत्रमा रुची रहेका विद्यार्थी लगायत सो खेलकुद क्षेत्रमा सहभागिता गराउने रहेको छ।

बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउनुपर्ने विषयलाई ध्यानमा राखि प्रतियोगिताको आयोजना हुन गइरहेको छ। यस कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका भित्र रहेका सबै विद्यालय सहभागी हुन पाउने जनाइएको छ। प्रतियोगितामा भाग लिन इच्छुक व्यक्ति तथा खेलाडीको उमेर कम्तिमा १२ वर्ष तोकिएको छ ।

प्रतियोगिता कार्यक्रम गाम्चा स्थित भद्रकाली फुटसल एण्ड रिक्रिएसन सेन्टरमा सञ्चालन हुनेछ।   

कार्यक्रम बारे थप जानकारीका लागि समपर्क नंः

राम न्यौपानेः ९८४३७१७०९४ 

अशोक दाहालः ९८४३७०३६४७

नाम दर्ता गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।