बाल बिकास बोर्डिङ्ग हाई स्कुलका पूर्व विद्यार्थीहरुको आयोजना तथा बाल बिकास स्कुलको सहकार्य र फ्रेस मिन्ट डेन्टल क्लिनिकको सहयोगमा निःशुल्क दन्त शिविर २०७९ सम्पन्न भएको छ। स्कुलको पूर्व विद्यार्थी डा.कृपा लामिछाने (दशौँ ब्याच) को पहल तथा सहकार्यमा आजको उक्त शिविर सञ्चालन गरिएको थियो । 

स्कूलको प्राङ्गणमा गरिएको दन्त शिविरमा स्कुलका कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले दाँतको परिक्षाण गराएका थिए । कक्षा ५ का २६ जना, ६ बाट ३४ जना, ७ बाट २५ जना, ८ बाट २६ जना, कक्षा ९ बाट १८ जना, १० बाट २२ जना लगायत अन्य अभिभावकहरु समेत गरि करिव १६० जनाले आधारभूत दन्त परिक्षणबाट लाभान्वित हुनुभएको थियो।

त्यस्तै चिकित्सकहरुद्वारा विद्यार्थीहरुलाई दन्त स्वास्थ्य सम्बन्धी विभिन्न जानकारी समेत प्रदान गरिएको थियो ।

शिविर बिहान १० बजेदेखि २ः३० सम्म सञ्चालन भएको थियो भने शिविरको व्यवस्थापन पूर्व विद्यार्थीहरुद्वारा गरिएको थियो ।