क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आजबाट थुनछेक बहस हुँदैछ । 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोमबार अभियोगपत्र दायर गरिएकोमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको हो । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इलसालमा थुनछेक बहस जारी छ । 

प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो । तर तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन । सन्दीपलाई १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप  छ ।