काठमाडौँ दरबार स्क्वायर चिनियाँ पर्यटकहरूको लागि मनपर्ने आकर्षणस्थलहरूमध्येको एक हो, जहाँ नेपालको अद्वितीय सांस्कृतिक अनुभव गर्न पाइन्छ। तर दुःखको कुरा के हो भने, सन् २०१५को अप्रिल २५ मा नेपालमा ८.१ रिक्टर स्केलको भूकम्प गएकोले दरबार स्क्वायरको प्रतिक भवन, "नौतले दरबार" र यसको परिसरमा रहेका भवनहरूमा ठूलो क्षति पुगेको थियो।

आजआएर, धेरै चिनियाँ पर्यटकहरूले खुशीका साथ फेला पारेको कुरा के हो भने नौ तले दरबारकाबाट गुञ्जिएको घडीहरूको आवाज सुन्न पाइन्छ।

किनभने सन् २०१७ को अगष्टमा चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले नौतले दरबारको जीर्णोद्धारको जिम्मा लियो र सन् २०२२को डिसेम्बरको मध्यकालमा जाँचमा पारित भयो। काठमाडौँ दरबार स्क्वायरमा नौतले दरबारको जीवन्त शक्ति फेरि देखापर्यो।

चिनियाँ टोलीले गरेको यो जीर्णोद्धार परियोजना वास्तवमा चीन र नेपालबीच सांस्कृतिक आदानप्रदान र जनस्तरीय सम्बन्ध प्रगाढ बनेको प्रक्रिया हो। नौ तले दरबारको ऐतिहासिक र कलात्मक मूल्यलाई अझ राम्ररी देखाउनको लागि, केही भागको जीर्णोद्धारको क्रममा, चिनियाँ टोलीले नेपाली काष्ठकलाकारहरूसँग सहकार्य गरेको छ र यसै क्रममा नेवारी वास्तुकलाको सौन्दर्यले चिनियाँ टोलीलाई निकै प्रभावित पारेको छ। भवनहरूको पुरानो रूपलाई सकेसम्म कायम राख्न चिनियाँ टोलीले मर्मत गर्दा मूल भवनका पुराना भागको प्रयोग गरेको दर ८५ प्रतिशत भएकोले, नौ तले दरवारको प्रामाणिकतालाई संरक्षित गरिएको साथै "मर्मतपछि पुरानै स्वरुपमा देखाउने" भन्ने चिनियाँ जीर्णोद्धार कला सक्षम भएको देखाइएको छ।

चिनियाँ टोलीले खुशीयालीपूर्वक काठद्वारा बनाइएको नेपाली भवनको समतल ढाँचाको तिब्बती भवनसँग मिल्दोजुल्दो देखिएको पत्ता लगाएको छ। जसबाट हेर्दा साँस्कृतिक पुरातात्विक सम्पदाको संरक्षणसम्बन्धी वैदेशिक सहायता कार्यक्रम पनि चीन र अन्य देशबीच सम्यताको आदानप्रदान तथा सिकाइ हो। सन् २०२१ मा प्रकाशित “नयाँ युगमा चीनको अन्तर्राष्ट्रिय विकास तथा सहयोग” शीर्षकको श्वेत-पत्र अनुसार, हालसम्म चीनले “बेल्ट एण्ड रोड”सम्बन्धी १७वटा देशहरूसँग साँस्कृतिक पूरातात्विक सम्पदाका ३३ सहायता कार्यक्रम गरिसकेको छ। यी साँस्कृतिक पूरातात्विक सम्पदाको संरक्षण तथा पूरातात्विक सहयोगले विभिन्न देश र जातिबीचको आदानप्रदान तथा आपसी सिकाइलाई सबल पार्नुका साथै जनताको मन पनि अझै घनिष्ट रूपमा जोडेको छ।

सन् २०१४ मा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले युनेस्कोको मुख्यालयमा सम्बोधन गर्दै “आदानप्रदानबाट सभ्यता अझै विविधतायुक्त तथा रंगीविरंगी हुनुका साथै आपसी सिकाइबाट अझै प्रचुरता थप्ने” कुरा बताउनुभयो। आपसी सभ्यताको सिकाइ मानव भाग्य समुदायको निर्माण गर्ने साँस्कृतिक आधार हो। किनकि विविध सभ्यताले मानवजातिको प्रगति तथा विकासलाई आत्मिक शक्ति दिएको छ।

केही शताब्दीदेखि वसन्तपुर दरबार क्षेत्रस्थित नौतले दरबार पनि उभिएको छ। हाल यात्रुहरूले फेरि उसको भव्यता हेर्न सक्छन्। उसले नेपालको सुन्दर साँस्कृतिक तथा कोमल कलाको प्रतिनिधित्व गरेको छ। भविष्यमा जसले विश्वका झन् झन् बढी यात्रुलाई गहिरो छाप दिने विश्वास गरिएको छ।-CRI