लायन्स क्लब बूढानीलकण्ठ नेवाः पुच, लायन्स कपन र लियो क्रियटिभ काठमाण्डौको संयुक्त आयोजनामा कार्तिक ५ गते शनिबार चुनिखेलमा आँखा जाँच तथा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। रिभर साईड ब्याङक्वेट मा हुने कार्यक्रम बिहान ११ बजे देखी चल्ने आयोजक आयान श्रेष्ठले बताएका छन्। यस कार्यक्रममा आँखा जाँच शिविरका साथै शुभकामना आदानप्रदान समेत हुने बताईएको छ।