स्याङ्जा- ‘हाम्रो प्रतिवद्धता, पेट्रोलियम पदार्थमा शुद्धता’ भन्ने नारा देशभरका पेट्रोलियम व्यपारीहरुको साझा नारा हो । तर, स्याङ्जाका उपभोत्ता भने अशुद्ध पेट्रोलियम पदार्थ प्रयोग गर्नुपर्ने मारमा परेका छन् ।स्याङ्जाको पुतलीबजार-३ स्थित बाड्खोलामा रहेको नेपाल पेट्रोलियमस सप्लायर्समा अशुद्ध बस्तु मिसाइएको उपभोक्ताबाट गुनासो आएपछि उक्त पेट्रोल पम्प शिल गरिएको छ ।यस पेट्रोल पम्पमा इन्धन राखेपछि उपभोक्ताको सवारी साधन बिग्रने, बाटोमै सवारी साधन छाडेर हिँड्नुपर्ने बाध्यता थियो । उपभोक्ताको यस्तो गुनासो आएपछि यहाँको पेट्रोलियम पदार्थलाई नापतौल तथा गुणस्तर बिभागमा परिक्षणका लागि पठाइएको छ ।सवारी साधनमा पेट्रोलियम पदार्थ हाल्दा तोकिएको परिमाणमा डिजेल तथा पेट्रोल राखिन्छ की राँखिदैन भन्ने अनुगमन समेत गरिएको छ । वालिङको २ र चापाकोटको १ पेट्रोलपम्पमा नापतौल तथा गुणस्तर बिभागले अनुगमन सुरु गरेको हो ।ग्रामीण क्षेत्रमा रहेका पेट्रोलपम्पमा पनि गुणस्तर र परिमाणको समेत अनुगमन तथा निरिक्षण गर्ने योजना बनाइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।पेट्रोलियम पदार्थ मात्रहोइन गुणस्तरहीन तथा अखाद्य बस्तु मिसाइएको अन्य खाद्यन्न समेतको नियमित अनुगमन हुनुपर्ने उपभोक्ताको माग छ ।-