बूढानीलकण्ठमा २७८ जनाको आरडीटी टेष्ट सम्पन्न भएको छ। 

बूढानीलकण्ठ नगरपालिकाले आज सञ्चालन गरेको आरडीटी टेष्टमा जम्मा २७६जनाको टेष्ट गरिएको छ। जस मध्ये पुरुष १५ र महिला ६ जना गरेर कुल २१ जनामा पोजेटिभ देखिएको छ भने बाँकीको नेगेटिभ देखिएको छ।

बूढानीलकण्ठ नगरपालिकामा समेत आज बन्दाबन्दिका समयाधिभर दिनरात गरेर अग्रपङ्कतिमा रहेर कार्य गर्ने व्यक्तिहरु जसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र फोहोरमैला व्यवस्थापन लगायतका हरुको पहिलो चरणको आर.ड.टि परिक्षण गरिएको छ। बूढानीलकण्ठ नगरपालिकाको कार्यालय भवन र कपन वडा १० स्थित ह्याणडबल ग्राउण्डमा गरिएको परिक्षणमा दुवै स्थानका गरि २१ जनामा आरडीटी पोजेटिभ देखिएको हो।  बूढानीलकण्ठ नगरपालिका वडा २ बाट २ जना र अन्य सबै वडाबाट एकएक जना गरि करिव २१ जना मा संक्रमण देखिएको हो।

आरडीटी पोजेटिभ देखिएका सबैलाई नगरपालिकाले व्यवस्था गरेको वडा नं ७ स्थित एकल महिला छहारी भवनको क्वारेन्टिनमा राखिएको छ। पिसिआर टेष्टको लागी आरडिटी पोजेटिभ देखिएका सबै २१ सहित कुल ५१ जनाको थ्रोट स्वाब आजै संकलन गरिएको छ।

नगर जनस्वास्थ्य शाखाका प्रमुख कुमार प्रसाद दाहालका अनुरुप हिजो आर.डि.टि पोजेटिभ देखाएका व्यक्तिहरुको स्वाब संकलन गरि टेकु स्थिति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइसकिएको जानकारी प्रदान गर्नुभएको छ। साथे तिनै व्यक्तिहरुको नतिजा ४४  घण्टामै आउने समेत उहाँले बताउनुभएको छ। 

वडा नं १२ मा कोरोना देखिएसँगै नगरपालिकाले कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्य कर्मीहरुको टेष्ट सुरु गरेको थियो। जसमध्ये आज कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र केही पत्रकारको समेत टेष्ट गरीएको थियो। 

सङ्क्रमण फैलन सक्ने उच्च जोखिम रहेकाले सम्पुर्ण नगरवासीहरुमा नगरपालिकाले अझ धेरै सचेत रहन र साथै सतर्कता अपनाउनका लागि अनुरोध पनि गरेको छ।