बुढानीलकण्ठ नगरपालिकाका सडकपेटी र सार्वजनिक स्थलहरूमा अब कोही रहने छैनन अभिभावक विहीन, "जसको कोही छैन, जसको केही छैन उसको अभिभावक सरकार छ" भन्ने नाराका साथ आज मिति २०८० चैत्र २२ गते बिहीबार, बुढानीलकण्ठ नगरपालिकालाई ऐतिहासिक 'सहयोगापेक्षी सडक आश्रित मानव मुक्त नगर ' घोषणा गरिएको छ ।

सडक आश्रित मानव मुक्त नगरपालिका घोषणा गर्ने पालिकहरुमध्ये काठमाडौँ उपत्यकामा यस नगरपालिका पहिलो रहेको छ। 

मानवसेवा आश्रमको सहकार्यमा २ दिन तीनवटा समय तोकी सडक आश्रित मानव उद्धार कार्य सञ्चालन गरिएको थियो। 

नगरपालिकाका उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, कर्मचारीहरु, विभिन्न वडाका वडा अध्यक्षहरु, बुढानीलकण्ठ नगर प्रहरी, प्रहरी प्रभाग बुढानीलकण्ठ सहितको उपस्थितिमा बुढानीलकण्ठ मन्दिरबाट शुरुवात गरिएको सडकमा बेसाहारा रुपमा रहेका व्यक्तिहरुको पहिचान गरि उद्धार गरिएको हो। बुढानीलकण्ठ मन्दिरबाट शुरु गरिएको यस कार्यलाई सम्पूर्ण वडाहरुबाट १२ जनाजसमध्ये २ जनालाई आफ्नो परिवारको जिम्मा लगाई पठाइएको छ ।

नगरपालिकाद्वारा उद्धार गरिएका व्यक्तिहरू तथा आश्रममा आश्रय लिइरहनु सम्पूर्णका लागि ७ लाखको खाद्यान्न समेत प्रदान गरेको छ। नगरपालिकाको तर्फबाट हस्तान्तरण गरिएको उक्त रकम प्रदान गरे सँगै यस कार्यलाई निरन्तर रूपमा सहयोग नगरपालिकाको रहने प्रतिबद्धता नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बताउनुभएको छ। 

पछिल्लो समयदेखि हालसम्म यस नगरपालिकाका विभिन्न क्षेत्रबाट करिब ७३ जना व्यक्तिहरूलाई मानवसेवा आश्रमद्वारा उद्धार गरी आश्रय तथा सेवा दिइरहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले आज नगरपालिकामा सञ्चालन गरिएको ' आमा ' सेमिनार मार्फत जानकारी प्रदान गर्नुभएको छ जसमध्ये महिला ३५ जना रहेका छ्न्। 

साथै मानवसेवा आश्रम सँगको सहकार्यमा भविष्यमा कोही पनि सडक आश्रित मानवहरुकाे उद्धारका लागि सम्पर्क गर्न सकिनेछ।