काठमाडौं, मङ्सिर २ गते ।

छठ पर्वका लागि काठमाडौँस्थित गौरीघाट परिसर सिङ्गारिएको छ । छठ पर्व सुरु भएसँगै झिलिमिली बत्तीले गौरीघाट परिसरलाई सिङ्गारिएको हो । टेन्ट र पण्डालले गौरीघाटलाई विशेष रूपले सजाइएको छ ।

 

शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छठ पर्व कात्तिक शुक्ल सप्तमीका दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुनेछ । चार दिनसम्म मनाइने छठको पहिलो दिन शुक्रबार शुक्ल चतुर्थीका दिन नुहाई धुवाई गरेर अरबा अरबाईन गरिएको छ ।