ओखलढुंगा, कार्तिक २४ गते ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका-३ का ३३ बर्षीय राजेन्द्र राईले आफ्नै छोरीको हत्या र श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोमबार राती मादक सेवन गरेका राईले सामान्य वाद बिवादको क्रममा २१ बर्षीया श्रीमती उषा राईलाई टाउको र ढाडमा खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको र २ बर्षीया छोरी रितिका राईको हत्या गरेका थिए । छोरीको हत्या र श्रीमतीलाई खुकुरी प्रहार गरेका राईले आफ्नो टाउकोमा समेत खुकुरी प्रहार गरी घाईते भएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाईते भएकि उषा राईको मिसन अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ भने घाईते अवस्थामा पक्राउ परेका राईको समेत प्रहरीको निगरानीमा सोही अस्पतालमा उपचार भईरहेको छ । 
राईको ज्यान सम्बन्धि कसुरमा सम्मानित जिल्ला अदालत ओखलढुंगाबाट प्रकाउ अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।