नेकपा एमाले प्रदेश कमिटी सदस्य उद्धव खरेलले प्रदेश सभा टिकट आफुले पाउने दाबी गर्नु भएको छ। बूढानीलकण्ठ नगरपालिकाको पुर्व प्रमुख खरेलले पार्टी भित्र कहिले नदेखिएको अस्वस्थ प्रतिस्पर्धा चलिरहेको बताएका छन्। यस्ता गतिविधीले पार्टीलाई कमजोर पार्ने भन्दै यस्तो क्रियाकपला नेतृत्वले नजिकबाट हेरीरहेको पनि बताएका छन्। केही दिन अघि सामाजिक सञ्जालमा समेत उनले भित्र भित्रै विरोधी गतिविधी गर्नेहरु सँग सचेत रहनुपर्ने लेखेका थिए।

नगर प्रमुखमा दोहोरिने चाहना अन्तिम समयमा आएर सम्भव नभएपछी खरेलको आँखा प्रदेश सभा तर्फ छ। ‘आफु जनतामा परिचित अनुहार भएको र लामो समय देखी यहि क्षेत्रको विकास गर्न लागि परेको व्यक्ति भएको हुनाले यस पटक पार्टीले न्याय गर्नेमा ढुक्क रहेको छु।‘ बिएसजी न्युज सँगको छोटो संवादमा उनले दाबि गरे।

उद्धव खरेल २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक चपली भद्रकाली गाविसको अध्यक्षको रुपमा निर्वाचित भएका थिए। स्थानीय रुपमा सबैसँग भिजेका उनले नगर प्रमुखको रुपमा काम गर्दा धेरै जनता सँग प्रत्यक्ष सम्बन्ध राख्ने मौका पाएका थिए। सत्तारुढ गठबन्धन समेत सकेसम्म उद्धव खरेल बाहेककाले टिकट पाए प्रदेश सभामा जित हात पार्न सकिने भन्दै बसेको छ। अनौपचारीक कुराकानीहरुमा सत्तारुढ गठबन्धनका स्थानीय नेताहरुले उद्धव खरेलले टिकट पाए हाम्रा पार्टीका भोटरले समेत भोट हाल्छन भन्न पछि पर्दैनन्।

यस्तो अवस्थालाई नजिक बाट बुझेका उद्धव खरेलले नेताकोमा धाउने भन्दा स्थानीय जनताहरु सँग भेटघाटको क्रमलाई बढावा दिएका छन्। तर, केही पार्टीकै उनका समकालिन र जुनियर हरु भने उनलाई टिकट नदिलाउन हात धोएर लागि परेका छन्। अझै भित्र भित्र उनको विरुद्धमा लाग्ने टिम नै सक्रिय छ। आफु सत्तामा रहँदा सबै वरिपरी घुमे पनि सत्ता बाहिर आएपछि केहीले उनको साथ छोडेका छन्। वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ को भुगोलमा राम्रो सँग परिचित उनले पार्टी कमिटी र निर्वाचित हरु बाट बलियो साथ पाईरहेका छन्। यहि आधारमा नै उनले भने, ’प्रदेशको टिकट पाउने मै हुँ, निराधार हल्लाको अर्थ छैन।’