बूढानीलकण्ठ नगरपालिका वडा नं २ मा रहेको भक्तिबेदान्त अस्पतालद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। 

इस्कोन नेपालको सह आयोजनामा २०७९ पौष २ गते बिहान ११:०० बजेदेखि दिनको ३:०० बजेसम्म सञ्चालन हुनेछ । 

स्वास्थ्य शिविर चपली स्थित अस्पतालले दिँदै आएका विभिन्न सेवाहरु नि: शुल्क रुपमा प्रदान गरिनेछ। विभिन्न सामुदायिक, सपथ तथा सहज सेवा प्रदान गर्ने उद्धेश्यका साथ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिन लागिएको हो।

नगरपालिका लगायत अन्य सबैलाई सो लाभ प्राप्त गर्नुहुनका लागि अनुरोध गरिन्छ ।